टी-२० विश्वकप छनोट भए क्रिकेट टिमलाई नोबेल मेडिकल कलेजले १५ लाख दिने

नोबल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले टी-२० विश्वकप छनोट भएमा क्रिकेट टिमलाई १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

काठमाडौैंमा चलिरहेको ८ देश सम्मिलित छनोट प्रतियोगितामा नेपाल समूह चरणमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल खेल जितेमा नेपाल टी-२० विश्वकपमा छनोट हुने छ ।

Advertisement

नोबेलले नेपालले छनोट प्रतियोगितको उपाधि नै जितेमा ५ लाख थप गरेर कुल २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ ।

खेलाडीहरुको सम्मान गर्दै उनीहरुको हौसला बढाउन पुरस्कार घोषणा गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. भोगेन्द्रप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु